बाढी बुलेटिन : साना खोलामा बाढी आउने सम्भावना

काठमाडौँ– देशको मध्य तथा पूर्वी क्षेत्र र पश्चिमी क्षेत्रमा वर्षा भइराख्दा स-साना खोलानालामा आकस्मिक वहावको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

तर, प्रमुख तथा मझौला नदीहरू कन्काई,कोशी, कमला, बागमति, नारायणी, पश्चिम राप्ति,बबई, कर्णाली र महाकालीमा भने आगामी तीन दिन कुनै बढी जोखिम नहुने बाढी बुलेटिनमा उल्लेख गरिएको छ।

मंगलबार विहान ६ बजेको मापन अनुसार देशको सबै प्रमुख नदीहरूमा जलसतह सतर्कता तह भन्दा तलै र सामान्य अवस्थामा रहेको बताइएको छ ।

बुधबार देशका प्रमुख तथा मझौला सबै नदीहरूमा वहाव सतर्कता तह भन्दा तलै समान्य रहने पूर्वानुमान गरिएको छ । पश्चिमी क्षेत्रमा भने सामान्य घटबढ भइरहने उल्लेख छ ।

त्यसैगरी बिहिबार पनि प्रमुख तथा मझौला सबै नदीहरूमा वहाव सतर्कता तह भन्दा तलै समान्य रहने जनाइएको छ ।

आगामी तीन दिन ठूला नदीहरूमा ठूलो बाढी जोखिम नदेखिएपनि साना नदीहरूमा एक्कासी बाढी आउन सक्ने हुँदा सबैलाई सतर्क रहन आग्रह गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार