काठमाडौँ– देशभर आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्य भू–भागका केही स्थानहरूमा र पश्चिमी भू–भागका थोेरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।
जल तथा मौसिम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मंगलबार देशको पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने साथै मध्य तथा पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरूमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।
त्यसैगरी बुधवार देशभरिनै आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्य भू–भागका केही स्थानहरुमा र पश्चिमी भू–भागका थोेरै स्थानहरूमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान रहेको छ।
त्यस्तै बिहिबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्य भू–भागका केही स्थानहरूमा र पश्चिमी पहाडी भू–भागका एकदुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।





