Sunday, September 29, 2024

नेपालमा पहिलोपटक एसियन पूर्वाधार वैंकको लगानी

काठमाडौं । पहिलोपटक वेइजिङस्थित एसियन पूर्वाधार लगानी वैंक (एआईआईवी) ले नेपालमा पहिलोपटक एक जलविद्युत आयोजनाका लागि लगानी अनुमोदन गरेको छ ।

उक्त परियोजनाले नेपालको उर्जा उत्पादनलाई लगभग २० प्रतिशतले बढाउने र यसले नेपालमा रहेको उर्जा संकटलाई न्यूनीकरण गर्न सहयोग गर्ने विश्वास वैंकले व्यक्त गरेको छ ।

इआईआईवीले माथिल्लोे त्रिशुलि–१ जल विद्युत् परियोजनाको लागि १० विलियन रुपैँयाँको ऋण अनुमोदन गरेको जनाएको छ । नेपालको उर्जा क्षेत्रमा सहयोग गर्ने विभिन्न परियोजनाहरुमध्ये यो एक परियोजना भएको वैङकद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी, नेपालको उर्जा वितरण प्रणालीको स्तरोन्नती र विस्तारका लागि १ मिलियन अमेरिकी डलरको लगानी अनुमोदन गरिएको छ ।
यि दुवै लगानी वैङकको परियोजना तयारी विशेष कोषबाट उपलब्ध गराइएको वैङकले उल्लेख गरेको छ । यि अनुदान नेपालको उर्जा उत्पादनको क्षमता बढाउन, माग–आपूर्तिको अन्तर कम गर्न, आधारभूत संरचनाको प्रसारण उन्नयन गर्न र विद्युत्तिय प्रणाली नोक्सानी हटाउन सहयोग गर्ने एआईआईवीको सहयोगको एक हिस्सा भएको उल्लेख गरिएको छ । “हामीले पहिचान ग¥यौँ कि नेपालमा कमजोर विद्युत्तिय आपूर्तिका कारण महत्वपूर्ण आधारभूत संरचनाको पुनस्र्थापनामा ढिलाई भएको छ र २०७२ सालमा गएको भूकम्पले सेवाहरुलाई प्रभावित पारेको छ,” सो वैङकका उपाध्यक्ष तथा मुख्य लगानी अधिकृत डि.जे. पाण्डियानले भने । उनले अगाडी भनेका छन् “हामीले नेपालको जल विद्युत्मा लगानी र निजी क्षेत्रलाई लगानी गर्न प्रोत्साहन ग¥यौँ भने आर्थिक विकास र गरिबीलाई कम गर्न सक्छौँ ।”

ताजा समाचार

सम्बन्धित समाचार