Monday, April 21, 2025

६९८ आरोहीले विभिन्न हिमाल चढ्दै

 

यस वर्षको वसन्त ऋतुमा (याम) सर्वोच्च शिखर सगरमाथा सहितका हिमाल आरोहणका लागि ६९८ जनाले आरोहण अनुमति लिएका छन्।

पर्यटन विभागका अनुसार वैशाख ७ गतेसम्म सगरमाथासहित विभिन्न २२ वटा हिमाल आरोहणका लागि ६९८ जनाले आरोहण अनुमति लिएका हुन्। यीमध्ये सगरमाथा आरोहणका लागि चार नेपालीसहित ३८ वटा टिमका ३४६ पर्वतारोहीले आरोहण अनुमति लिएका छन्। आरोहण अनुमति लिएका धेरै टिम वेसक्याम्प पुगिसकेका छन्, भने सम्पर्क अधिकृत पनि खटिएको विभागले जनाएको छ। अघिल्लो वर्ष सन् २०१७ को यही याममा १०८ टिमका ८३८ आरोहीले हिमाल आरोहण अनुमति लिएका थिए। यसमध्ये ४३ वटा टिमका ३३६ आरोही सगरमाथा आरोहणमा गएका थिए।

सगरमाथा बाहेकका अन्य हिमाल आरोहणका लागि अझै केही दिन आरोहण अनुमति दिने बताइएको छ। विभागका महानिर्देशक दिनेश भट्टराईले हिमाल आरोहणको याम अझै एक महिना बाँकी रहेकाले सगरमाथा बाहेकका अन्य हिमाल आरोहणका लागि आरोही बढ्ने सम्भावना रहेको बताए।

सगरमाथापछि सबैभन्दा बढी ल्होत्से हिमाल आरोहणका लागि टिमका ९६ जनाले अनुमति लिएका छन्। यस्तै, कञ्चनजंघा हिमाल आरोहण गर्न पाँच टिमका ४४ जना, अमादब्लम हिमालका लागि चार टिमका २८ जना, धवलागिरि हिमालका लागि तीन टिमका ३४ जना मकालु हिमालका लागि तीन टिमका २७ जनाले आरोहणको तयारी गरेका छन्।रासस

 

 

 

ताजा समाचार

सम्बन्धित समाचार