काठमाडौँ– गृहमन्त्री रामबहादुर थापाले विकसित राष्ट्रहरूको कार्वन उत्सर्जनका कारण जलवायु परिवर्तनको प्रतिकूल असरलाई रोक्न सबै दक्षिण एशीयाली राष्ट्रहरूलाई सहकार्य गरेर अघि बढ्न आह्वान गरेका छन्।
काठमाडौँमा विपद् व्यवस्थापन, उर्जा र जलवायु परिवर्तनसम्बन्धि दक्षिण एशीयाली सम्मेलनको उद्घाटन गर्दै उनले दक्षिण एशीयाली राष्ट्रहरूलाई आह्वान गरेका हुन्।
सम्मेलनमा थापाले बाढी, पहिरो, सुनामी जस्ता विपद् व्यवस्थापनका लागि पनि देशहरूबीच मिलेर अघि बढ्नुको विकल्प नरहेको स्पष्ट पारे।
जलवायु परिवर्तनको व्यवस्थापनका लागि नविकरणीय उर्जामा जोड दिनुपर्ने थापाको भनाई थियो।
दुई दिनसम्म हुने सम्मेलन राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका संघ, युनाइटेड सिटी एण्ड लोकल गभरमेन्ट एशिया प्यासिफिक र युरोपेली युनियनको संयुक्त आयोजनामा भएको हो ।





