आगामी तीन दिनको मौसमः मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ– देशका पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य बदली रहने र बाँकी भागहरूमा आंशिक बदली रहने सम्भावना रहेको छ।

जल तथा मौसिम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज आइतबार दिउसो वा साँझ पख देशका पूर्वी तथा मध्य भू–भागका केहि र पश्चिमी पहाडी भू–भागका थोेरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ। साथै पूर्वी भूभागका एक दुई स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाको अनुमान छ।

त्यस्तै रातिको समयमा देशका पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य बदली रहने र बाँकी भागहरुमा आंशिक बदली रहने सम्भावना छ । देशका पहाडी भूभागका केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।

सोमबार देशका पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य बदली रहने र बाँकी भागहरूमा आंशिक बदली रहने सम्भावना छ । देशका पुर्वी तथा मध्य भू–भागका केहि र पश्चिमी भू–भागका थोेरै स्थानहरूमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

मंगलबार देशका पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहमा सामान्य बदली रहने र बाँकी भागहरुमा आंशिक बदली रहने सम्भावना छ । देशका पूर्वी तथा मध्य भू–भागका केहि र पश्चिमी भू–भागका थोेरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार