Sunday, September 29, 2024

नेपालमा शतप्रतिशत खानेपानी पुर्‍याउन विश्व बैंकले सहयोग गर्ने

काठमाडौँ—खानेपानी मन्त्री बिना मगरले आगामी आर्थिक वर्षभित्र ९२ प्रतिशत र तीन वर्षभित्र शतप्रतिशत जनसंख्यालाई आधारभूत स्तरको खानेपानी सेवा पुर्‍याउन सरकारले लिएको लक्ष्यलाई सहयोग गर्न विश्व बैंकसँग आग्रह गरेकी छन्।

विश्व बैंकका प्रतिनिधिमण्डलसँग शुक्रबार सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा भएको भेटघाट तथा छलफलमा खानेपानी मन्त्री मगरले खानेपानीका नयाँ योजनाहरुमा थप सहयोग गर्न विश्व बैंकलाई आग्रह गरिन। सरकारले शतप्रतिशत जनसंख्यालाई आधारभूत खानेपानीको सेवा पु¥याउनुपर्ने भएकाले थप लगानी चाहिएको उनले बताइन्।

भेटघाटमा मन्त्री मगरले भनिन्, ‘सन् २०३० सम्ममा सबै जनसंख्यालाई प्रशोधित स्वच्छ खानेपानीको पहुँच पु-याउनुपर्ने चुनौति सरकारसँग छ । चुनौतिका बीच केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर दीगो विकासका लक्ष्यहरु हासिल गर्ने दिशामा अघि बढ्नुपर्ने जरुरी छ । यसका लागि देशैभरि हामीले खानेपानी र सरसफाईको गुरुयोजना बनाउँदैछौं।’

नेपालका लागि विश्व बैंकका देशीय प्रबन्धक फारिस हदाद जर्वोसले खानेपानीको क्षेत्रमा नेपाल सरकारले लिएको लक्ष्यलाई पुरा गर्न विश्व बैंक सधैं सहयोग गर्न तयार रहेको बताए।

स्थानीय, प्रदेश र केन्द्र सरकारबीच आयोजनालाई अगाडि बढाउने दिशामा समन्वय भएर जान सके अझ राम्रो हुने उनको भनाइ थियो ।

ताजा समाचार

सम्बन्धित समाचार