कञ्चनपुर हावाहुरी [अपडेट]: प्रभावित क्षेत्रको अनुगमन जारी

काठमाडौँ– कञ्चनपुरको बेदकोट नगरपालिका र भीमदत्त नगरपालिकामा गरी हावाहुरीका कारण २३ जना घाइते भएका छन् । घाइतेमध्ये आठ जनाको सेती अञ्चल अस्पताल कैलालीमा उपचार भइरहेको छ । तीमध्ये एक जना सख्त घाइते छन् ।

११ वर्षीय बालिका प्राप्ति विष्टको टाउँकोमा चोट लागेकाले अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए।

अन्य १५ जना महाकाली अञ्चल अस्पतालमा उपचाररत थिए।  उनीहरू उपचार पछि घर फर्किएका छन्।

कञ्चनपुरमा एक सय ८५ भन्दा बढि टहराहरू आंशिक देखी पूर्ण क्षति भएको विष्टले जानकारी दिए । हावाहुरीका कारण भएको धनजनको क्षति विवरण आउन अझै बाँकी रहेको विष्टले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार