आज मेघ गर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना

काठमाडौँ– देशभरको मौसम आंशिकदेखि सामान्य बदली रही आज (शुक्रबार) पनि केही ठाउँमा हावाहुरी, मेघ गर्जनसहित पानी पर्ने भएको छ।

जल तथा मौसिम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पूर्वी भू-भागमा सामान्य बदली रहने र मध्य र पश्चिमी भू-भागका आंशिक देखि सामान्य बदली रही पश्चिमी भू-भागका थोरै स्थानहरु र मध्य तथा पूर्वी भूभागका केही स्थानहरुमा हावाहुरी मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ । देशका उच्च हिमालि भेगका केहि स्थनहरुमा हल्का हिमपातको सम्भावना छ।

त्यस्तै रातिको समयमा देशका पूर्वी र मध्य भू-भागमा सामान्य बदली रहने र पश्चिमी भू भागका स्थानहरूमा आंशिक बदली रही मध्य तथा पूर्वी भू-भागका केहि स्थानहरुमा र पश्चिमी भू-भागका थोेरै स्थानमा मेघ गर्जन हावाहुरि सहित वर्षाको सम्भावना छ।

शनिबार देशका पूर्वी तथा मध्य भू-भागमा सामान्य बदली रहने र पश्चिमी भू-भागका स्थानहरूमा आंशिक देखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका थोरै स्थानहरु र मध्य तथा पूर्वी भू-भागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

त्यसैगरी आइतबार देशका पूर्वी तथा मध्य भू-भागमा सामान्य बदली रहने र पश्चिमी भू-भागका स्थानहरूमा आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भूभागका थोरै स्थानहरु र मध्य तथा पूर्वी भूभागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार