चितवन । पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्ड अवरुद्ध भएको छ।
चितवन र धादिङको सिमानामा पर्ने मौवाखोलामा आज शुक्रबार बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान ३ः३० बजे पहिरो खसेको थियो । बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । सडक अबरुद्ध भएपछि सयौँ सवारीसाधन जाममा रोकिएका छन् ।





