रसुवागढी नाकाको मितेरी पुल सञ्चालनमा

काठमाडौँ– नेपाल–चीनबीच रसुवागढी नाकामा नयाँ मितेरी पुल निर्माण भएको छ ।

सशस्त्र प्रहरी बल भन्सार सुरक्षा तथा राजश्व गस्ती २१ नं गुल्म टिमुरेका प्रमुख प्रहरी नायब उपरीक्षक जीवन केसीका अनुसार नेपाल चीनको सिमाना रसुवागढीको ल्हेन्देखोलामा चीन सरकारले निर्माण गरेको मितेरी पुलमा आज बिहिवार देखि यातायात सञ्चालन भएको छ ।

नेपाल–चीनको व्यापार व्यवसाय अभिवृद्विका लागि पाँच–छ वर्ष अगाडि निर्मित पुल विसं २०७२ को भूकम्पले क्षति पु¥याएपछि सोही स्थानको पाँच मिटर माथि नयाँ पक्की पुल निर्माण भएको बताइएको छ ।

सामान आयातनिर्यातका लागि दैनिक सरदर १०० भन्दा बढी मालवाहक कण्टेनर डिब्बा ओहोदोहर भइरहने सीमा क्षेत्रमा चार महिनाकै अवधिमा पक्की पुल बनेको प्रनाउ केसीले बताए।

पक्की पुल निर्माणका क्रममा यातायात सहज पार्न चिनियाँ पक्षले बनाएको अस्थायी बेलीब्रिज भने फुकाल्ने क्रमसमेत शुरू भएको सीमाक्षेत्रका सुरक्षाकर्मीले बताएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार