Sunday, September 29, 2024

फोहोर स्थल कि धार्मिक स्थल

काठमाडौं : अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक चोकबाट दक्षिणतर्फ पर्छ, ‘पाइलट बाबा’ । पछिल्लो समयमा पर्यटकीय गन्तव्यका रूपमा प्रख्यात हुँदै गएको पाइलट बाबा काठमाडौँ उपत्यकाको कोलाहल, भीडभाड, धूलो र अस्तव्यस्त सहरी वातावरणबाट थकाई मार्न शान्त स्थान बन्दै गएको छ ।

भक्तपुर र काठमाडौँ उपत्यकाको अधिकांश भाग अवलोकन गर्न सकिन्छ । उपत्यकाभित्रै शान्त जंगल छिचोल्दै काठमाडौँको दृश्य हेर्दै पाइलट बाबा पुग्नुको मज्जा नै अर्कै हुन्छ ।

हरियाली र प्राकृतिक सुन्दरताका विचमा रहेको पाइलट बाबामा फोहोर व्यवस्थापनमा भने कसैको पनि ध्यान जान सकेको छैन ।  क्षेत्रको फोहोर नियन्त्रणका लागि सरोकारवाला निकाय गम्भीरतापूर्वक नलाग्नु विडम्बडनापूर्ण छ ।
पाइलट बाबाको आश्रमको पछाडिको खुल्ला स्थानमा फालिएको फोहोरहरू तस्वीरमाः

ताजा समाचार

सम्बन्धित समाचार