काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनको मुद्दामा भारत, चीन र रूसको आलोचना गरेका छन्।
ब्रिटिश च्यानललाई दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले भारत, रूस र चीनमा राम्रो हावा र पानी नभएको भन्दै आलोचना गरेका हुन्।
ट्रम्पले भने, ‘भारत, रूस र चीन जस्तो देशमा न स्वच्छ हावा छ न पानी। विश्वको पर्यावरणलाई लिएर यी देशले आफ्नो जिम्मेवारी पुरा गरिरहेका छैनन् न आफ्नो जिम्मेवारी महशुस गर्छन्। यी देशमा सरसफाइ र प्रदुषणको बारेमा केही सोच नै छैन।’
सोही अन्तर्वार्तामा अमेरिका संसारको सबै भन्दा स्वच्छ देश भएको ट्रम्पले दाबी गरे । उनले भने, ‘यो कुरा तथ्यांकले पनि प्रमाणीत गरिसकेको छ। सबै राम्रो नै हुँदैछ तर भारत, चीन र रूस जस्तो देशलाई स्वच्छता र प्रदूषणको बारेमा कुनै ज्ञान छैन।’
‘भारतलगातका धेरै देशमा राम्रो हावा पनि छैन। न सफा पानी छ। यदी तपाई केही सहरमा जानुहुन्छ भने….यी शहरको नाम म भन्दिन तर मलाई थाहा छ। यी शहरमा जाँदा तपाई स्वास फेर्न पनि सक्नु हुन्न,’ ट्रम्पले भने।





