विश्व वातावरण दिवस :नेपाल प्रहरीद्वारा २१ हजार ३ सय १४ विरूवा वृक्षारोपण

काठमाडौं– विश्व वातावरण दिवस २०७६ को अवसरमा नेपाल प्रहरीले प्रहरी प्रधान कार्यालय लगायत देशभरिकै विभिन्न प्रहरी कार्यालय परिसरमा बुधबार विभिन्न जातका २१ हजार ३ सय १४ वटा विरूवा रोपेको छ।

विश्व् वातावरण दिवस २०७६ काे अवसरमा वृक्षराेपण गर्दै नेपाल प्रहरी । तस्बिर श्राेत : नेपाल प्रहरीकाे फेसबुक पेज

‘स्वच्छ वायु, स्वस्थ्य जीवन’ भन्ने मूल नाराकासाथ समुदाय–प्रहरी साझेदारी कार्यक्रम तथा एक नागरिक एक विरुवा रोपण अभियान अन्तर्गत वृक्षारोपणको साथै सरसफाई र सचेतनामुलक र्‍याली लगायतका कार्यक्रम गरिएको हो ।

सो क्रममा प्रहरी कार्यालयका परिसर भित्र र बाहिर समेतमा कपुर, तेजपत्ता, निबुवा, नासपती, अम्बा, लिची, आँप लगायत विभिन्न जातका गरी उक्त संख्यामा फलफूल लगायत अन्य विरुवाहरूको रोपिएको हो ।

ताजा समाचार

सम्बन्धित समाचार