नेपालगञ्ज– राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरणमैत्री बन्नु पर्ने सन्देश दिँदै कविता वाचन गरेकी छिन्। विश्व वातावरण दिवस २०७६ को अवसरमा वन तथा वातावरण मन्त्रालयद्वारा नेपालगञ्जमा आयोजित वातावरण तथा जलवायु परिवर्तन विषयक राष्ट्रिय कार्याशाला गोष्ठीमा बोल्दै राष्ट्रपति भण्डारीले पहिलो कविता वाचन गरेकी हुन्।
यस्तो छ राष्ट्रपतिको कविता
हे धरावासीहरू धरामैत्री बनौँ,
मलाई देशको निर्मल स्वच्छ आकाशमुनी बाँच्न मन छ
हे धरावासीहरू धरामैत्री बनौँ,
मलाई तपाईहरूको फोक्सो जोगाउन मन छ
मलाई हाम्रा भावी कलिला सन्तानप्रति चिन्ता भइरहेको छ
हे धरावासीहरू धरामैत्री बनौँ,
मलाई हाम्रो हिमाल पहाड तराईको चिन्ता भइरहेको छ
विश्व वातावरण दिवसमा राष्ट्रपतिको यस्तो कविता (भिडियो)





