Sunday, September 29, 2024

वातावरण दिवसको अवसरमा तीन सय डस्टविन हस्तान्तरण

धनगढी–४६औं विश्व वातावरण दिवसको अवसमा वन तथा वातावरण विभागले धनगढी उपमहानगरपालिकालाई डस्टविन हस्तान्तरण गरेको छ।

दिवसको अवसरमा विभागले धनगढी उप–महानगरपालिकालाई ३ सय डस्टविन हस्तान्तरण गरेको हो।

त्यस्तै धनगढी उप–महानगरपालिकाको सहयोग र युवा शान्ति परिषद् नेपालको आयोजनामा बजारको कैलाली नालादेखि जिल्ला प्रहरी कार्यालय कैलालीसम्मको सरसफाइ गरिएको छ।

लेडिज जेसिस धनगढीले धनगढी उप–महानगरपालिका क्षेत्रका पर्खालहरूमा हरियो रङ्ग लगाउने अभियानको सुरुवात गरेको छ। उक्त अभियानको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टले संयुक्त रूपमा उद्घाटन गरेका थिए।

धनगढी उप–महानगरपालिकाले ग्रिन क्लीन धनगढी अभियान अन्तरगत नगरका भवनहरूमा हरियो रङ्ग लगाउने कार्यलाई अगाडी बढाएको छ ।

सरसफाइ कार्यक्रममा उद्योग वाणिज्य सङ्घ कैलाली, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्ला रेडक्रम सोसाइटी कैलाली, जिल्लाका सरकारी तथा गैरसरकारी संघसंस्थाको समेत सहभागिता रहेको थियो ।

त्यसै गरी दिवसकै अवसरमा डिभिजन वन कार्यालय कैलालीले सव डिभिजन वन कार्यालय तारानगर धनगढीको परिसरमा वृक्षारोपण छ।

ताजा समाचार

सम्बन्धित समाचार