Sunday, September 29, 2024

यि हुन सबैभन्दा वढी प्रदूषणको मार खेपेका १५ मुलुक

काठमाडौँ– बढ्दो शहरीकरण र जलवायु परिवर्तनको असरका कारण वातावरण प्रदूषण बढ्दै गइरहेकोे छ । जनसंख्याको अनुपातमा बंगलादेश सबैभन्दा प्रदूषित देश ठहरिएको विभिन्न अध्ययनहरुले देखाएका छन् । बंगलादेशपछि पाकिस्तान, भारत, मध्यपूर्वि देशहरु लगायत अफगानिस्तान र मंगोलिया पनि मूख्य दश प्रदूषित देशहरुमा परेका छन्।

पछिल्लो समय वातावरणीय क्षेत्रमा देखा परेको वायु प्रदूषण स्वास्थ्यको लागी एकदमै जोखिम मानिन्छ जसका कारण प्रत्येक वर्ष करिब ७० लाख मानिसको मृत्यु हुने गरेको छ। वायु प्रदूषणले उमेर नपुग्दै मृत्यु हुनुको साथै विश्वको आर्थिक क्षेत्रमा वार्षिक २ सय २५ विलियन डलर क्षति गर्ने विभिन्न अध्ययनले औल्याएका छन् । वातावरणमा वायु प्रदूषणको मात्रा मापनको लागी प्रदूषित सहरको विभिन्न क्षेत्रको नमुनाबाट तथ्यांक संकलन गर्ने गरिन्छ । यसको साथै संकलन गरिएको तथ्यांकलाई उक्त देशको जनसंख्यासँग तुलना गरिन्छ । कुनै पनि देश वा देशभित्रको कुनैपनि क्षेत्रमा वायुको मात्रा पिएम २.५ भन्दा बढी भएको खण्डमा त्यसलाई प्रदूषित मानिन्छ । यदि वायुको मात्रा पिएम २.५ भन्दा कम छ भने त्यसलाई स्वच्छ रुपमा लिने गरिन्छ।

ताजा समाचार

सम्बन्धित समाचार