वातावरण संरक्षणमा सबै क्षेत्र गम्भीर बन्नुपर्छ: मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले वातावरणको संरक्षण अहिलेको प्रमुख आवश्यकता रहेको बताउँदै वातावरण संरक्षणमा सबै क्षेत्र गम्भीर बन्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

विश्व वातावरण दिवसका अवसरमा काँक्रेविहार क्षेत्रमा आज (बुधबार) बिहान आयोजित सरसफाइ तथा वृक्षारोपण कार्यक्रमपछि बोल्दै उनले सो धारणा व्यक्त गरेका हुन् ।

पुरातात्विक र ऐतिहासिक महत्व बोकेका काँक्रेविहारको संरक्षणमा सम्बन्धित सबै पक्ष लाग्नुपर्ने उनको भनाई थियो ।

स्वच्छ र सफा वातावरण बिना मानव जीवनको अस्तित्व सङ्कटमा पर्ने भन्दै उनले जनचेतना अभिवृद्धिसँगै कानूनको कार्यान्वयनमार्फत सरसफाइ तथा स्वच्छताको प्रवद्र्धन गरिने बताए ।

विश्व वातावरण दिवसका अवसरमा आज मुख्यमन्त्री शाहीको नेतृत्वमा प्रदेश सरकारका विभिन्न मन्त्रालयका पदाधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय क्लबहरुको सहभागितामा काँक्रेविहार क्षेत्रमा सरसफाइ गर्नुका साथै वृक्षारोपण गरिएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार