नेपालगञ्ज- वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले विश्वको वातावरण सन्तुलन बनाई राख्न प्रत्येक व्यक्तिको सकारात्मक भूमिका हुनुपर्ने बताएका छन् ।
विश्व वातावरण दिवसका अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै मन्त्री बस्नेतले वातावरण बिग्रन नदिन संस्थागत, समूहगत र एकल प्रयास आवश्यक हुने विचार व्यक्त गरेका हुन् ।
यस वर्षको विश्व वातावरण दिवसको नारा ‘स्वच्छ वायु, स्वस्थजीवन’को नारालाई सार्थक बनाउन सरकारले सरोकारवाला पक्षसँग मिलेर काम गर्ने योजना बनाएको पनि उनले जानकारी दिए ।
वातावरणको सुरक्षा सबैको पहिलो शर्त बन्नुपर्नेमा जोड दिँदै मन्त्री बस्नेतले सरकारले नै सबैथोक गर्छ भन्ने प्रवृत्ति भयो भने लक्ष्य प्राप्ति गर्न नसकिने दाबी गरे ।





