Sunday, September 29, 2024

‘वातावरण पत्रकारिता पुरस्कार’ पोखरेललाई

काठमाडौँ–नेपाल वातावरण पत्रकार समूह (नेवापस)ले विश्व वातावरण दिवसको अवसरमा विगत तीन दशकदेखि प्रदान गर्दै आएको ‘वातावरण पत्रकारिता पुरस्कार– २०१८’ हिमाल खबरपत्रिकाका संवाददाता मुकेश पोखरेललाई प्रदान गर्ने निर्णय गरेको छ।

समूहले प्रत्येक वर्ष जुन महिनाको ५ तारिख विश्व वातावरण दिवसको अवसरमा वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनमा उत्कृष्ट लेख–रचनाहरू प्रकाशित गर्ने वा कार्यक्रम प्रस्तुत गर्ने पत्रकारमध्येबाट छनौट गरेर यो पुरस्कार प्रदान गर्दै आएको छ।

पुरस्कारका लागि समूहले पत्रकारहरूलाई सन् २०१८ मा आफ्ना लेख–रचना तथा कार्यक्रम समावेश गरी आवेदन दिन आह्वान गरेको थियो।

पुरस्कार स्वरूप पोखरेललाई २५ हजार रुपैयाँ र प्रमाण–पत्र प्रदान गरिने नेवापसले जनाएको छ।।

ताजा समाचार

सम्बन्धित समाचार