Sunday, September 29, 2024

२ वटा ब्रुमर थप्दै महानगर

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले चीन सरकारको अनुदानमा आउँदो असार १ गते देखि दुईवटा ब्रुमर थप्ने भएको छ ।

काठमाडौँमा रहेको धुलो तथा धुँवालाई केही हदसम्म भएपनि कम गर्नको लागी ब्रुमरहरू थप्ने काम भइरहेको वातावरण विभागप्रमुख हरिकुमार श्रेष्ठले बताएका छन् ।

‘पानी परेको समयमा जेट मेसिन(पानी छ्याप्ने मेसिन) हिलो सफा गर्न सञ्चालनमा ल्याएका छौँ,’ उनले भने, ‘पानी नपरेको समयमा ब्रुमरको सहायताले धुलो सफा गर्ने प्रयास गरिरहेका छौँ।’

‘केही हदसम्म भएपनि बु्रमर र जेट मेसिनले सडकको धुलो तथा हिलो कम गरेकोमा हामी सन्तुष्ट छौँ, बाँकी कुरा सर्वसाधारणलाई नै थाहा छ,’ उनले भने, ‘यति गरेर मात्र प्रदुषण नियन्त्रणमा आउँदैन, सडक पनि राम्रोसँग बन्नुपर्छ ।’ पछिल्लो समय धुलोको मात्रा बढ्दै गइरहेको हुँदा यसलाई कम गर्न सडकमा माटो नै आउन नदिने विकल्पको प्रयोगमा जोड दिन जरुरी भएको श्रेष्ठले बताएका छन्।

चीन सरकारको अनुदानमा आउने २ वटा ब्रुमर तत्काल सञ्चालनमा ल्याइने र महानगर आफैले पनि २ वटा ब्रुमर किन्ने प्रक्रियामा रहेको श्रेष्ठले जानकारी दिएका छन् ।

बर्खाको समयमा सडकमा पनि अत्याधिक हिलो हुने भएकोले जेट मेसिन सञ्चालनमा ल्याइएको उनले बताएका छन् । जेट मेसिनले सडकको हिलो सफा गर्नुको साथै बोट विरुवामा टाँसिएर रहेको हिलो तथा धुलोलाई पनि सफा गर्नमा मद्दत पु¥याएको हुन्छ ।

पहिले एउटा मात्र जेट मेसिन भएता पनि पछिल्लो समय चीन सरकारको अनुदानमा ८ वटा मेसिन थप गरिएको हो । जेट मेसिन रुट तथा आवश्यकता अनुसार हिलो पखाल्नको लागी प्रयोग गरिरहेको उन्ले बताए ।

हाल महानगरले ९ वटा जेट मेसिन र ५ वटा ब्रुमर सञ्चालन गर्दै अएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार