Sunday, September 29, 2024

चक्रपथमा तीब्र गतिमा गाडी हाँके कारबाही

काठमाडौँ— ८ लेनमा विस्तारित चक्रपथको कोटेश्वर–कलंकी सडकखण्डमा तीब्र गतिमा सवारीसाधन हाँक्न नपाइने नियम लागू भएको छ।

फराकिलो सडकमा तीव्र गतिमा सवारी हाँक्दा दुर्घटना बढेको निस्कर्षसहित ट्राफिक प्रहरीले सवारीसाधनको गति सीमा निर्धारण गरेको हो। ट्राफिक प्रहरी महाशाखाका अनुसार अब मुख्य लेनमा ५० किलोमिटर प्रतिघण्टा भन्दा बढी गतिमा सवारी हाक्न पाइने छैन।

यस्तै, सर्भिस लेनमा २० किलोमिटर प्रतिघण्टाको सीमा निर्धारण गरिएको छ। सोमबारदेखि कोटेश्वर-कलंकी सडकखण्डमा सवारी साधनको गति मापन सुरु गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार