काठमाडौँ– देशभरको मौसम आंशिकदेखि सामान्य बदली रही आज(सोमबार) पनि केही ठाउँमा हावाहुरी, मेघ गर्जनसहित पानी पर्ने भएको छ ।
जल तथा मौसिम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशैभरको मौसम बदली भई दिउँसो र बेलुकीपख पानी पर्नेछ । महाशाखाका अनुसार देशैभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हावाहुरी, मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै रातिको समयमा देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रही देशको पश्चिमी र मध्य भू–भागका केही स्थानहरुमा तथा पूर्वी भू–भागका थोरै स्थानहरुमा हावाहुरी, मेघ गर्जनसहित वर्षाको सम्भावना छ ।
मंगलबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा र मध्य तथा पूर्वी भू–भागका केही स्थानहरुमा हावाहुरी,मेघ गर्जन सहित वर्षाको सम्भावना छ।
त्यसैगरी बुधबार देशैभरि आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा र मध्य तथा पूर्वी भू–भागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।





