Sunday, September 29, 2024

अत्यधिक गर्मी बढेपछि धनगढीका विद्यालय एक हप्ता बन्द

धनगढी–अत्यधिक गर्मी बढेपछि विद्यार्थीलाई पठनपाठन तथा आवजआवतमा समस्या भएको भन्दै धनगढी उपमहानगरपालिकाले एक हप्ता विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

उपमहानगरपालिकाले धनगढी भित्र रहेको सामुदायिक र संस्थागत विद्यालय एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको हो।

दिनप्रतिदिन गर्मी बढ्दै जान थालपछि तराईको जनजीवनमा प्रभावित भएको बेलामा उपमहानगरपालिकाले जेठ २० देखि जेठ २६ गतेसम्मका लागि विद्यालय बिदा दिने निर्णय गरेको कार्यालयले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार