देशभरको मौसममा बदली, केही स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसमको प्रक्षेपण गरेको छ। आइतबार मौसमसम्बन्धी बुलेटिन जारी गर्दै महाशाखाले देशभर आंशिक देखि सामान्य बदली रहने जनाएको छ ।

पहाडी भू–भागहरूमा र पूर्वी तराईमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ ।

सोमबार देशभर आंशिक देखि सामान्य बदली रही देशको पश्चिमी भू–भागका केही स्थानहरूमा र मध्य तथा पूर्वी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

त्यसैगरी मंगलबार देशैभरि आंशिक देखि सामान्य बदली रही पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरूमा र मध्य तथा पूर्वी भू–भागका केही स्थानहरूमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार