पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक एकतर्फी

चितवन–नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण सडक एकतर्फ मात्र सञ्चालन भएको छ।

शनिबार राति आएको वर्षाका कारण दुई ठाउँमा पहिरो जाँदा सडक एकतर्फी सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राति १० बजे सो सडकखण्डको जलविरे र पाँचकिलो भन्ने स्थानमा पहिरो गएको थियो ।

अहिले पहिरो पन्छाउने काम भइरहेको र अझै दुई÷तीन घण्टा लाग्ने प्रहरीले जनाएको छ । सो सडकखण्ड निर्माणका क्रममा अघिल्लो वर्ष पनि पहिरोका कारण यात्रुले सास्ती बेहोर्नुपरेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार