आगामी तीन दिनको मौसम : हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसमको प्रक्षेपण गरेको छ। शुक्रबार मौसमसम्बन्धी बुलेटिन जारी गर्दै महाशाखाले देशभर केही स्थानहरूमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।

देशका पूर्वी र मध्य भू–भागका केही स्थानहरुका साथै पश्चिमी पहाडी भेगका थोरै स्थानहरुमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ ।

शनिबार देशैभरी आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्य भू–भाग र पश्चिमि पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

त्यसैगरी आइतबार देशैभरी आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्य भू–भागका केही र पश्चिमि पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार