Sunday, September 29, 2024

यी आयोजनाका लागि वन प्रयोग गर्न दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ— सरकारले सुदूरपश्चिम प्रदेशको खुटिया–वीपीनगर–दिपालय सडक निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषद्ले सो निर्णय गरेको हो।

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी हुँदै तत्कालीन सुदूरपश्चिाञ्चल विकास क्षेत्रको सदरमुकाम दिपायल जोड्ने खुटिया दिपायल फाष्ट ट्रयाक पनि निर्माणाधीन अवस्थामा छ। पूर्वपश्चिम राजमार्गको खुटिया खण्डबाट उत्तरपट्टि सडक विस्तारको क्रममा पनि रूख काट्नुपर्ने छ।

त्यस्तै, मन्त्रिपरिषद्ले प्रगन्ना तथा बडकापथ सिँचाइ आयोजनाको नहर निर्माणका लागि दाङ जिल्लाको गढवा गाउँपालिका वडा नं। १–६ मा परेको १४ वटा सामुदायिक वनसमेतको कूल २४.४० हेक्टर थप राष्ट्रिय वनक्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ।

यस्तै, ढोडरी–राजापुर–सतीघाट हुलाकी सडकको स्तरोन्नतीका लागि बर्दिया जिल्लाको राजापुर नगरपालिका १–९ मा रहेका तीन वटा सामुदायिक वन (कर्णाली, लठवा र सरस्वती) सहितको कुल १.४७ हेक्टर राष्ट्रिय वन क्षेत्र पनि प्रयोग गर्न दिइने निर्णय भएको छ।

वीरेन्द्रनगर नगरपालिकाका लागि ल्याण्डफिल साइट निर्माण गर्न सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका १ मा पर्ने कृष्ण सामुदायिक वनको ४.४७ हेक्टर राष्ट्रिय वन क्षेत्र पनि प्रयोग गर्ने बाटो खुलेको छ।

न्यादी १३२ के।भी। विद्युत प्रसारणलाइन निर्माणका लागि लमजुङको मर्स्याङ्दी गाउँपालिका ३ र ६ मा परेको महादेवस्थान सामुदायिक वन लगायत अन्नपूर्ण संरक्षण क्षेत्रको गरी कूल ३.०३२ हेक्टर राष्ट्रिय र सहकारी वनक्षेत्र २५ वर्षका लागि प्रयोग गर्न दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ।

ताजा समाचार

सम्बन्धित समाचार