बजेट आव २०७६/७७ : वन तथा वातावरणमा एक अर्ब १९ करोड कटौती

काठमाडौँ – सरकारले वन तथा वातावरण क्षेत्रमा एक अर्ब १९ करोड बजेट कटौती गरेको छ। आर्थिक वर्ष २०७६/०७७ को अनुमानित आय तथा व्ययको विवरण(बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले वन तथा वातावरणको क्षेत्रमा १५ अर्ब ४९ करोड बजेट विनियोजन गरिएको बताए।

गत आर्थिक वर्षमा वन तथा वातावरणको क्षेत्रका लागि १६ अर्ब ६८ करोड बजेट विनियोजन गरिएको थियो। तर, यसपाली भने एक अर्ब १९ करोड  कटौती गर्दै रू १५ अर्ब ४९ करोड मात्र विनियोज गरिएकाे छ।

त्यसैगरी अागामी आर्थिक वर्षमा खानेपानी र सरसफाईको लागि रू ४३ अर्ब ४६ करोड विनियाेजन गरिएकाे छ। मेलम्ची खानेपानीको आयोजनाको दोस्रो चरणको अध्ययनको लागि रू ७ अर्ब ३९ करोड बजेट छुट्याइएकाे छ भने भूमि व्यवस्थापन तथा सहकारीका लागि रू ७ अर्ब ६९ करोड बजेट विनियाेजन गरिएकाे छ।

पुनर्निर्माणको लागि रू १ खर्ब ४१ अर्ब, यातायात व्यवस्थापनको लागि रू १ अर्ब ५३ करोड, उर्जा क्षेत्रको विकासका लागि रू ४३ अर्ब ४९ करोड, सिंचाईको लागि रू २३ अर्ब ६३ करोड, खानेपानी र सरसफाईको लागि रू ४३ अर्ब ४६ करोड बजेट विनियाेजन गरिएकाे छ।

ताजा समाचार

सम्बन्धित समाचार