Sunday, September 29, 2024

चराहरूकाे इन्जिनियरले बनायाे सुन्दर गुँड(फाेटाे फिचर)

काठमाडाैँ – कीर्तिपुर भत्केपाटीस्थित मानवबस्ती नजिक खेतबारीमा अग्ला रूखमा बया तोप चराले आफ्नो सुन्दर गुँड बनाएकाे छ। वसन्त ऋतुमा कलात्मक शैलीको शिल्प प्रयोग गरी रूखको हाँगामा घाँसपात र डाँठको मसिनो धागोजस्तो रेशाबाट अण्डाकार गुँड बनाउने भएकाले यसलाई इञ्जिनियर चरा पनि भनिन्छ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घका अनुसार विश्वमै दुर्लभ मानिने यो प्रजाति संरक्षणका हिसाबले असुरक्षित अवस्थामा रहेको छ। नेपालको सन्दर्भमा यो अति सङ्कटापन्न अवस्थामा रहेको छ। यसले मे देखि सेप्टेम्बर महिना सम्म प्रजनन गर्ने गर्दछ। समूहमा बस्न रुचाउने यो चराले रूख तथा अग्ला घाँसका डाँठहरूमा गुँड बनाउने गर्दछ ।

ताजा समाचार

सम्बन्धित समाचार