Sunday, September 29, 2024

सगरमाथाको फेदीबाट उपप्रधानमन्त्रीको आह्वान ‘वातावरण संरक्षणमा जुटौँ’

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वच्छ वातावारण र दीर्घ जीवन चाहने संसारभरका मानिसलाई सगरमाथा हिमाल सफाइ अभियानमा जोडिन आह्वान गर्नुभएको छ ।सगरमाथा हिमाल सफाइ अभियान–२०७६ का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उन्ले भने, “ वातावरण र हिमाल संरक्षणमा रुचि राख्ने विश्वभरकै मानिसका लागि यो अभियान जनचेतना जगाउने अभियानका रुपमा रहेको छ ।”

नेपालका गौरवपूर्ण इतिहास बोकेका प्राकृतिक र ऐतिहासिक गढी, चुरे पहाड, हिमाल लगायतको संरक्षण र सम्वद्र्धनमा नेपाली सेनाले उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको चर्चा गर्दै उन्ले मुलुक र जनताको हितमा सेनाले निरन्तर कार्य गर्दै आएको उल्लेख गरे ।सगरमाथा र खुम्बु क्षेत्रको विकासका लागि स्थानीय तह र प्रदेश सरकारले ल्याउने योजनाबद्ध कार्यक्रम कार्यान्वयनका लागि सरकारले पूर्ण सहयोग गर्ने बताउँदै उहाँले यस क्षेत्रको विकास र समृद्धिका लागि सबैको सकारात्मक प्रयास आवश्यक छ भने ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रको विकास र समृद्धिको एजेण्डा तथा ‘सुखी नेपाली समृद्ध नेपाल’को लक्ष्य कार्यान्वयनका लागि सगरमाथासँग जोडेर लैजान आवश्यक छ भने।

उन्ले भने, “सगरमाथा हाम्रो शान गौरव र परिचयका रुपमा रहेको छ ।” मुख्यमन्त्री राईले खुम्बु पासाङ गाउँपालिकालाई यस प्रदेशको पर्यटकीय गाउँका रुपमा घोषणा गरी रु ५० लाख उपलब्ध गराइने घोषणा गरे । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नेता एवं सांसद योगेश भट्टराईले सगरमाथा खुम्बु क्षेत्रले मानव सभ्यतालाई अघि बढाउन योगदान पु¥याउँदै आएको बताए । प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाले पर्यावरण संरक्षणलाई प्राथमिकतामा राखी सगरमाथा सफाइ अभियान सफल बनाउन जुटेको उल्लेख गरे ।

प्रदेशसभा सदस्यद्वय शुरवीर राई र बुद्धिराज भण्डारी, खुम्बु पासाङल्हामु गाउँपालिकाका निमा दोर्जी लगायतले खुम्बु क्षेत्रको संरक्षण विश्वकै लागि महत्वपूर्ण भएकामा जोड दिएका थियो ।

अभियानका क्रममा सो क्षेत्रबाट चार हजार किलोग्राम फोहर र चार जनाको शवसमेत सङ्कलन गरी काठमाडौँ पु¥याइएको थियो । रासस

ताजा समाचार

सम्बन्धित समाचार