काठमाडौँ – जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसमको प्रक्षेपण गरेको छ। सोमवार मौसमसम्बन्धी बुलेटिन जारी गर्दै महाशाखाले देशभर केही स्थानहरूमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।
देशका पूर्वी भूभाग र अन्य पहाडी भेगका एक-दुई स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ ।
मंगलवार देशका पूर्वी भूभाग लगायत अन्य पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी भूभाग र अन्य पहाडी भेगका एक दुई स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।
त्यसैगरी बुधवार देशका पूर्वी र मध्य भूभाग लगायत पश्चिमि पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी र मध्य भूभागका केही र पश्चिमि पहाडी भेगका १–२ स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।





