Sunday, September 29, 2024

टीकापुरमा बन्यो ५५ करोडको खानेपानी आयोजना

टीकापुर—खानेपानी मन्त्री बिना मगरले कैलालीको टीकापुरस्थित टीकापुर खानेपानी आयोजनाको आइतबार उद्घाटन गरेकी छन्।

एसियाली विकास बैंकको त्रृण सहयोगमा सञ्चालित कुल ५५ करोड ९२ हजार लागतको उक्त आयोजनाको खानेपानी मन्त्री मगरले उद्घाटन गरेकी हुन्।

खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजना कार्यालयले सो आयोजना अगाडि बढाएको हो । टीकापुर खानेपानी आयोजनाबाट ८ हजार ४ सय १३ घरधुरीले खानेपानी प्रयोग गर्नेछन्।
उक्त आयोजनाको काम निर्धारित समय २ वर्ष भित्रै सम्पन्न भएको हो ।

आयोजनाको उद्घाटन गर्दै खानेपानी मन्त्री मगरले टीकपुरजस्तै देश भरका अन्य नगरपालिका र गाउँपालिकाहरुमा समेत खानेपानी आपूर्ति गर्न मन्त्रालयले गुरुयोजना बनाउन लागेको बताइन्। उनले शतप्रतिशत जनसंख्यालाई आधारभूत स्तरको खानेपानी सेवा पुर्याउन सरकार गम्भीर रहेको बताइन्।

ताजा समाचार

सम्बन्धित समाचार