Sunday, September 29, 2024

जैविक विविधताले भरिपूर्ण वनस्पति उद्यान(फाेटाे फिचर)

काठमाडौँ – काठमाडाैँबाट १९ किलोमिटर टाढा रहेको ललितपुरको गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यान पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गइरहेको छ।
८२ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त उद्यानमा दुर्लभ, लोपोन्मुख तथा रैथाने वनस्पतिहरूको संरक्षण तथा संवद्र्धन गरिँदै आएको छ । वि.सं. २०१९ स्थापित उक्त उद्यानको मुख्य आकर्षणमा जडिबुटी वाटिका, जैविक विविधता शैक्षिक उद्यान, ढुंगे वाटिका लगायत रहेको छ । उक्त उद्यान वनस्पति विज्ञानसम्बन्धी अध्ययन गर्ने विद्यार्थी र शोधकर्ताका लागि निकै नै उपयोगी मानिन्छ।

ताजा समाचार

सम्बन्धित समाचार