आगामी तीन दिनको मौसम : मेघ गर्जन तथा हावाहुरीसहितको वर्षा

काठमाडौँ – जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसमको प्रक्षेपण गरेको छ। विहीबार मौसमसम्बन्धी बुलेटिन जारी गर्दै महाशाखाले देशभर बदली रही हावाहुरीसहितको वर्षा हुने जनाएको छ।

महाशाखाका अनुसार विहीबार देशका पश्चिमी र मध्य भू–भागमा आशिंक देखि सामान्य बदली हुने सम्भावना रहेको छ। साथै देशका पूर्वी भू–भागका पहाडी क्षेत्रमा पनि आशिंक देखि सामान्य बदली हुनेछ। देशका पश्चिमी र मध्य भू–भागका केही स्थानहरूमा र पूर्वी भू–भागका एक–दुई स्थानहरूमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

शुक्रबार देशको पहाडी भू–भागहरूमा आंशिक बदली रही अपरान्ह पछि सामान्य बदली भई थोरै स्थानहरूमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ। देशका अन्य क्षेत्रमा आंशिक बदली को सम्भावना रहेको छ।

त्यसैगरी शनिबार देशको पूर्वी भू–भागहरूमा सामान्य देखि पूर्ण बदली रही मध्य र पश्चिमी क्षेत्रका पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ। अपरान्ह पछि देशको पूर्वी भू–भागहरूमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ। देशका मध्य र पश्चिमी क्षेत्रका पहाडी भू–भागहरूमा मेघ गर्जन सहितको वर्षाको सम्भावना छ।

ताजा समाचार

सम्बन्धित समाचार