चितुवाको छाला बरामद

दोलखा– दोलखामा सशस्त्र प्रहरीको टोलीले दुर्लभ वन्यजन्तु चितुवाको छाला बरामद गरेको छ । सशस्त्र प्रहरी बलको टोलीले तामाकोशी गाँउपालिका–५ किर्नेबाट चितुवाको छाला बरामद गरेको हो ।

बरामद गरिएको छाला साढे पाँच फिट लामो रहेको सशस्त्र प्रहरी बलले जनाएको छ । छाला किनबेच हुन लागेको भन्ने सूचनाका आधारमा जाँदा सामान बोक्ने व्यक्ति प्रहरी देखेपछि भागेका प्रहरीले जनाएको छ । छाला आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालयमा बुझाइएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार