काठमाडौँ– देशका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विभागले आइतवार (आज) देशका थोरै स्थानमा अपराह्न मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको पूर्वानुमान गरेको छ ।
आज राती पनि देशका पहाडी भु–भागमा आंशिक बदली रही बाँकी भु–भागमा मौसम सामान्यतया सफा हुनेछ भने देशका पहाडी भु–भागका एक वा दुई स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
भोली (सोमबार) देशका पहाडी भु–भागमा आंशिक देखि सामान्य बदली, पूर्वी तराई भु-भागमा आंशिक बदली र बाँकी भु–भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। देशका पहाडी भु-भाग लगायत पूर्वी तराईका थोरै स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षा हुने अनुमान महशाखाको छ।
त्यसैगरी पर्सी(मंगलबार) देशका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भु–भागमा आंशिक बदली रहने सम्भावना छ । देशका पहाडी भु-भाग लगायत पूर्वी तराईका थोरै स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
मंगलबार राती देशका पहाडी भु-भागमा आंशिक बदली रही बाँकी भु–भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। देशका पहाडी भु-भागका थोरै स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।





