Sunday, September 29, 2024

रेडपाण्डाको छालासहित एक पक्राउ

काठमाडौँ– महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले रेडपाण्डाको छालासहित एक जनालाई पक्राउ गरेको छ।

काठमाडौँ महानगरपालिका–२६ गोगंबुस्थित पाण्डे लुम्बिनी भोजनालयबाट रेडपाण्डाको छाला १ थानसहित मुगु रारा नगरपालिका–१२ घर भई हाल ललितपुर चापागाँउ बस्ने ३२ वर्षीय रूप बहादुर बुढालाई बिहीबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार