Sunday, September 29, 2024

तीन तस्बिरमा हेर्नुहाेस् माथिल्लो त्रिशूली थ्री ‘ए’ काे बाँध र सुरुङ

काठमाडाैँ – माथिल्लाे त्रिशूली थ्री ‘ए’ काे  बाँध बनाउने काम सम्पन्न भएकाे छ। निर्माणकार्य पूरा भएसँगै विहीबार रसुवाकाे डाँडागाउँस्थित बाँधस्थलकाे विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अवलोकन गरेका छन्। याेसँगै उक्त बाँधकाे शुक्रबार साँझ पाँच बजेदेखि तीनदिन परीक्षण गरिने प्राधिकरणले जनाएकाे छ।

माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत आयोजनाको रसुवा डाँडागाँउ स्थित बाँधस्थल । तस्वीर : रासस

माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युतको रसुवा डाँडागाँउ स्थित बाँधस्थलबाट नुवाकोटको किस्पाङ–५ विद्युत उत्पादन गृहमा पानी ल्याउन बनाइएको सुरुङ मार्ग । यस आयोजनाको निर्माणकार्य पूरा भएसगैँ शुक्रबार साँझ पाँच बजेदेखि निरन्तर तीनदिन परीक्षण पश्चात सञ्चालन गर्ने तयारी गरिएको छ। तस्बिर :  रासस

ताजा समाचार

सम्बन्धित समाचार