काठमाडौँ – जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसमको प्रक्षेपण गरेको छ। महाशाखाका अनुसार आज(विहीबार) देशको पूर्वी भू–भाग तथा मध्य र पश्चिमी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। देशको पूर्वी भू–भागका तथा मध्य र पश्चिमी पहाडका थोरै स्थानहरूमा साँझपख मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।

आज राती पनि देशको पूर्वी भू–भाग तथा मध्य र पश्चिमी पहाडमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा हुने छ भने पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
भोली(शुक्रबार) देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। पहाडी क्षेत्रका एक वा दुई स्थानमा अपरान्हतिर मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी पर्सी(शनिबार) देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। देशका पश्चिमी पहाडी भू–भागका थोरै स्थानमा तथा मध्य र पूर्वी भू– भागका एक वा दुई स्थानमा अपरान्हतिर मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
शनिबार राती पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा हुने देखिन्छ। देशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।





