Monday, September 30, 2024

कस्तुरीको वीनासहित तीन पक्राउ

काठमाडौँ– केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जबाट खटिएको प्रहरीले कस्तुरीको वीनासहित तीन जनालाई पक्राउ गरेको छ।

ब्युरोले काठमाडौँ महानगरपालिका–२६ भगवानबहालबाट करिब २१ ग्राम तौलको कस्तुरीको वीना जस्तो बस्तु १ थानसहित तीन जनालाई वैशाख २६ गते पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा स्याङजा भिरकोट गाउँपालिका–३ का ३८ वर्षीय चित्रबहादुर थापा, संखुवासभा मकालु गाउँपालिका–३ का ३८ वर्षीय इन्द्र कुमार राई र संखुवासभा मकालु गाउँपालिका–३ का २८ वर्षीय सन्देश अछामे रहेका छन्।

कस्तुरीको वीना जस्तो वस्तु अवैध रूपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचनाका आधारमा ब्युरोबाट प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ।

पक्राउ तीनै जनालाई आवश्यक कारबाहीको लागि वैशाख २७ गते डिभिजन वन कार्यालय हात्तीसार, काठमाडौँ पठाइएको ब्युरोले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार