सगरमाथा आरोहण सुरू

काठमाडौँ– यस वर्षको सगरमाथा आरोहण सुरू भएको छ ।

मंगलबार मध्यान्हमा अनुभवी गाईडहरुको समूहले सफलता पूर्वक डोरी बिछ्याउने काम सम्पन्न गरेको हो ।

सङ्खुवासभाका सिद्धिबहादुर तामाङ नेतृत्वको शेर्पा समूहले डोरी टाँग्ने काम (रोप फिक्सिङ) गरेको थियो । उक्त समूहमा सोलुखुम्बुका पासदावा शेर्पा, सोलुखुम्बुका दोजी ग्याल्जेन शेर्पा र दावा नोर्बु शेर्पा तथा सङ्खुवासभाका क्रमशः मिङ दोर्जी शेर्पा, आङ फुर्वा शेर्पा र साङ्बु भोटे लामा भएको जनाइएको छ।

अब मौसमले साथ दिएमा भोली अपराह्नसम्म विदेशी आरोहणको एक टोली चुचुरोमा पुग्ने बताइएको छ ।

यसअघि भारतमा २० वैशाखमा गएको शक्तिशाली चक्रपात ‘फानी’को प्रभावले सगरमाथा आरोहणमा केही ढिलाइ भएको पर्यटक विभागले जानकारी दिएको थियो ।

विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि यो सिजन (बसन्त ऋतु) मा ४८ मुलुकका ३७८ जनाले अनुमति लिएका छन्।

पर्यटन विभागका अनुसार यो सिजनमा सगरमाथा आरोहणका लागि मे ३ सम्ममा ३७८ जना महिला तथा पुरुषले अनुमति लिएका हुन्।

ताजा समाचार

सम्बन्धित समाचार