पत्रपत्रिकामा आजःबजेट अभावमा ठूला आयोजनाको काम ठप्प, पानीको लागि गुहार

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।

नयाँ पत्रिका
-आजको नयाँ पत्रिकामा चामल ल्याउन बाटोमै १२ दिन भन्ने शिर्षकमा अच्युतराज भण्डारीको समाचार छापिएको छ । म्लाको सर्केगाड गाउँपालिका–३ उनापानीका ४१ वर्षीय कुम्म थापा नेपाल खाद्य संस्थान मुगुको शाखाबाहिर चामलको भारी कसकास गर्दै छन् । उनी यहाँसम्म चामल लिन पाँच दिन पैदल हिँडेर आएका हुन् । उनले चामल बोक्न खसीबोका पनि साथै ल्याएका छन् । ‘खसीबोकासँग यहाँ आइपुग्न पाँच दिन लाग्यो । घर फर्किँदा साता दिन लाग्छ । आउजाउमा १२ दिन,’ उनी भन्छन् । हुम्लाको सर्केगाड खाद्य डिपोमा चामल नभएकाले उनी मुगुसम्म आउनुपरेको हो । ‘सर्केगाडमा चामल छैन,’ उनी भन्छन्, ‘भएको पनि पाउरवाला ठूलाबडाले मात्रै लिन्छन्, हामी गरिबलाई सधैँ मुगुकै चामल खानुपर्छ ।’

-बजेट अभावमा ठूला आयोजनाको काम ठप्प भन्ने शिर्षकमा मोहन विष्टको समाचार छापिएको छ । जिल्लामा सञ्चालित अधिकांश ठूला आयोजनाको काम बजेट अभावका कारण करिब ठप्प भएको छ । बजेट अभावकै कारण अपेक्षाकृत रूपमा काम अगाडि बढ्न नसक्दा तोकिएको समयमा काम पूरा हुने सम्भावना पनि टाढिँदै गएको छ । महाकाली सिँचाइ आयोजनाको काम यतिवेला तेस्रो चरणमा चलिरहेको छ । तर, आयोजनाको मूल नहर १ सय ५२ किलोमिटर बन्नुपर्ने भए पनि १० वर्षमा १३ किलोमिटर मात्र निर्माण भएको छ । चालू आर्थिक वर्षमा थप १६ किलोमिटर मूल नहर निर्माणका लागि ठेक्का भएको छ ।

-काठमाडौंमा स्काई रेल चलाउन प्रस्ताव भन्ने शिर्षकमा समाचार छापिएको छ । चिनियाँ कम्पनीले काठमाडौं उपत्यकामा स्काई रेल चलाउने प्रस्ताव गरेको छ । बेइजिङ चाइना एयर रेल ग्रुप (सिसिएआर)ले लगानी बोर्डको अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीलाई सम्बोधन गरेर लेखिएको पत्रमा स्काई रेल चलाउन प्रस्ताव गरेको हो ।सिसिएआरले पहिलो चरणअन्तर्गत २२ अर्ब लागत अनुमानसहित प्रस्ताव पेस गरेको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।

राजधानी
-आजको राजधानीमा पानीको माग ४१ करोड लिटर वितरण १३ करोड लिटर भन्ने शिर्षकमा कौशिला कुँवरको समाचार छापिएको छ । दैनिक खानेपानीको माग ४१ करोड लिटर भए पनि काठमाडौंं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले १३ करोड लिटरमात्र वितरण गरिरहेको छ । यो हिसाबले काठमाडौंं उपत्यकामा दैनिक २८ करोड खानेपानीको अपुग देखिएको छ । केयुकेएलको गैरजिम्मेवारीपन र लापरवाहीका कारण उपत्यकाबासी वर्षौदेखि खानेपानी समस्या भोग्न बाध्य छन्।

गोरखापत्र
-आजको गोरखापत्रमा पानीको लागि गुहार भन्ने शिर्षकमा समाचार छापिएको छ । मोरङ बूढीगङ्गा गाउँपालिका २ सख्मा टोलका ऋषिदेव परिवार पिउने पानको लागि गुहार माग्दै हिँडिरहेका छन् । पानीका लागि जीवनमा यतिधेरै गुहार माग्नु परेको पहिलो अनुभव हो उनीहरुको ।

अन्नपूर्ण पोष्ट
-आजको अन्नपूर्ण पोष्टमा प्लाइ उद्योगमा अनुदानको मल भन्ने शिर्षकमा दीपक आचार्यको समाचार छापिएको छ । किसानले रसायनिक मल नपाइरहेका बेला कृषि मन्त्रालयले भने प्लाइ उद्योगका लागि मल उपलब्ध गराएको पाइएको छ। कपिलवस्तुका दुई प्लाइ उद्योगले मन्त्रालयको सिफारिसमा मल भित्याएका छन्। कपिलवस्तु कृषिमन्त्री चक्रपाणी खनालको गृह जिल्ला हो। यहाँका सात प्लाइ उद्योगले विगतदेखि अनुदानको मल प्रयोग गर्ने गरेको आरोप थियो।

कान्तिपुर
-आजको कान्तिपुरमा वाग्मती ब्युटिफिकेसनको काम अलपत्र भन्ने शिर्षकमा दीपेन्द्र विष्टको समाचार छापिएको छ । मुआब्जा विवादका कारण वाग्मती ‘ब्युटिफिकेसन’ आयोजनाको काम अलपत्र परेको छ । मुआब्जा नदिएसम्म काम अघि बढाउन नदिने भन्दै स्थानीयले काम रोकेका छन् । यही कारण ३ अर्ब ६० करोड रुपैयाँभन्दा बढीको लगानी खेर जाने जोखिम बढेर गएको छ ।

-सिजनमै मल अभाव भन्ने शिर्षकमा राजु चौधरीको समाचार छापिएको छ । खेतीबाली हुने मुख्य सिजनमै बजारमा मल अभाव देखिएको छ । अभाव भएपछि किसानहरूले दुई महिनादेखि तरकारीरमकै तथा धानमा प्रयोग गर्न पाएका छैनन् । ‘तरकारीमा मल पाएनौं । चैतेधानका लागि पनि अभाव देखियो,’ लहान, भगवनपुर गाउँपालिका १ निवासी रामविलास सदायले भने, ‘बजारमा दुई महिनादेखि मल छैन, अन्न कसरी उत्पादन गर्ने चिन्ता भएको छ ।’

ताजा समाचार

सम्बन्धित समाचार