टेकोमा इतिहास, कहिले हुन्छ नुवाकोट दरबारको पुनर्निर्माण ? ( भिडियो)

काठमाडौँ – नेपालको इतिहास बोकेको ऐतिहासिक धरोहर नुवाकोटको साततले दरबार पुनर्निर्माण नुहँदा जीर्ण बन्दै गइरहेको छ।

पृथ्वीनारायण शाहले १८ औँ शताब्दीमा निर्माण गरेको उक्त दरबार २०७२को भूकम्प पनि टेकोमा अडिरहेको छ।

०७२ को भूकम्पले गर्दा दरबारका भित्ताहरू खस्न लागेका छन्। फलामे टेकोले अड्याएर राखिएको उक्त दरबार भूकम्पको चार वर्ष बित्दा पनि पुननिर्माण हुन सकेको छैन्।

चीन सरकारले उक्त दरबारको पुनर्निर्माण गर्ने भने पनि सामान्य अध्ययन बाहेक कुनै प्रगति हुन सकेको छैन् । नेपालकाे इतिहास बाेकेकाे सम्पदा जीर्ण बन्दै गइरहँदा पनि सम्बन्धित निकाय भने माैन देखिन्छ । यसरी सराेकारवाला नै चुप बस्दा नुवाकाेट दरबारकाे पुनर्निर्माणमा अन्याेलता छाएकाे छ ।

ताजा समाचार

सम्बन्धित समाचार