काठमाडौँ- सरकारले ‘एक नेपाली एक फलफूलको विरूवा’ रोपण अभियानलाई निरन्तरता दिने भएको छ ।
विश्व वातावरण दिवसको अवसरमा २०७५ जेठ २२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार परिसरमा फलफूलको विरूवा रोपण गरी सो अभियानको सुरूवात गरेका हुन् ।
गत बैशाख १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले सो अभियानलाई निरन्तरता दिने निर्णय गरेको थियो । सो निर्णयलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानिय तहहरूलाई सो अभियानलाई निरन्तरता दिन परिपत्र गरेको छ ।
देशभरका स्थानीय तहको स्वामित्वमा रहेको खाली जमिनमा भौगोलिक अनुकुलता अनुसार रोपण गर्न र फूलको विरूवाहरूको अनुमानित संख्यात्मक तथा प्रजातिगत विवरण संकलन गरी १५ दिन भित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई उपलब्ध गराउन पनि निर्देशन दिएको छ ।
त्यसैगरी सबै स्थानिय तहहरुलाई हरेक वर्ष फलफूल विरूवा रोपण गर्ने कार्यक्रम अनिवार्य रुपमा वार्षिक कार्यक्रममा समावेश गर्न भनिएको छ ।
[pdf-embedder url=”https://www.hakahakionline.com/np/wp-content/uploads/2019/05/Scan1_8.pdf”]