‘फानी’को प्रभावले सगरमाथा आरोहणमा ढिलाइ, कुन देशका कति आरोही ?

काठमाडौँ – भारतमा २० वैशाखमा गएको शक्तिशाली चक्रपात ‘फानी’को प्रभावले सगरमाथा आरोहणमा केही ढिलाइ भएको छ।

पर्यटन विभागका अनुसार भारतमा आएको ‘फानी’ले नेपालमा खासै प्रभाव नपारे पनि हिमाली क्षेत्रको मौसममा भने असर पारेको छ । विभागका सूचना अधिकारी समेत रहेका निर्देशक सुरेन्द्र थापा फानीको प्रभावले हिमाली क्षेत्रको मौसम प्रतिकुल भएको र आरोहणमा केही समय ढिलो हुन गएको बताउँछन्।

‘सामान्यतया आजसम्ममा आरोहण शुरु गरिसक्नुपर्ने हो, तर मौसम प्रतिकुल बनिरहेको छ,’ उनले भने, मौसम राम्रो भएमा मे ११(शनिबार)देखि शुरु गर्ने कुरा आएको छ।’

उनका अनुसार ‘फानी’को प्रभावले केही दिन अघि मात्र सगरमाथा आधार शिविरमा हिमपहिरो गएको थियो। अझै पनि हिम पहिरो जान सक्ने संभावना रहेकोले आरोहण गर्नेहरू अलिक चनाखो र सतर्क हुनुपर्ने देखिन्छ।

विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि यो सिजन(बसन्त ऋतु) मा ४८ मुलुकका ३७८ जनाले अनुमति लिएका छन्।

पर्यटन विभागका अनुसार यो सिजनमा सगरमाथा आरोहणका लागि मे ३ सम्ममा ३७८ जना महिला तथा पुरुषले अनुमति लिएका हुन्।

‘यो सिजनमा ४८ देशका ३८ टोली गरी ३७८ जनाले सगरमाथा आरोहणका लागि अनुमति लिएका छन्,’ निर्देशक थापाले भने।

कुन देशका कति आरोही ?

श्राेत : पर्यटन विभागगत वर्ष सगरमाथा आरोहण गर्नेको संख्या ३४६ थियो । सन् २०१७मा ३६६, ०१६मा २९०, ०१५मा ३५१ तथा २०१४मा विभिन्न देशका ३२२ जना आरोहीले सगरमाथाको आरोहण गरेका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार