काठमाडौँ – काठमाडौँको चुच्चेपाटी–टुसाल–बौद्ध–जोरपाटी सडक जतिसक्दाे चाँडाे कालाेपत्रे गर्नुपर्ने माग गर्दै स्थानीयले सडक अवरूद्ध पारेका छन् ।
उक्त सडक कालाेपत्रे नभएसम्म अनिश्चितकालीन आन्दोलन गर्ने स्थानीयवासीकाे भनाइ छ । समयमा काम सम्पन्न नगर्ने ठेकदारलाई कारवाही गर्नुपर्ने उनीहरूको माग छ। प्रदर्शनमा उत्रिएका व्यापारी र स्थानीयवासीले ‘कालोपत्रे छिटो गर’, ढिलासुस्ती गर्ने ठेकदारलाई कारवाही गर’, ‘धुलो धुवाँ धेरै भो, स्वास फेर्न गाह्रो भो’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
उनीहरूले ह्युमपाइप, पोल तेस्र्याएर र सडकको बीचमा टायर बल्दा गाडीहरुको आवत–जावतमा समेत प्रभावित भएको थियो। तर, अहिले भने प्रहरीले सडकका अवरोधहरू हटाएको छ।





