Monday, September 30, 2024

धनगढीमा ‘ग्रिन क्लीन’ अभियान सुरु

धनगढी–धनगढी उप–महानगरपालिकाले ‘ग्रिन क्लीन’ धनगढी अभियान सुरु गरेको छ।

नगर प्रमुख नृपबहादुर वडले क्याम्पस चोकमा अभियानको उद्घाटन गर्दौ नगर क्षेत्रमा निर्माण हुने निजी तथा सरकारी घरमा हरियो रङसँगै बोटबिरुवा रोप्न अनुरोध गरिने बताए।

धनगढी उप–महानगरपालिकाको अफिसियल रङ अब हरियो भएकाले नयाँ निर्माण हुने नगरका आफ्ना संरचनामा पनि हरियो रङ नै प्रयोग गर्ने उनले बताए।

उपमहानगरपालिकाले घरआँगनमा फलफुलका दुई वटा बिरुवा रोपेमा मात्रै घर सम्पन्नको प्रमाणपत्र दिने व्यवस्था गरेको छ। धनगढी उप–महानगरपालिकाले यसका लागि गत वर्षमात्रै विभिन्न वडामा लिची र आँपका २० हजार बिरुवा वितरण गरेको थियो।

नगर प्रमुख वडले भोट बराबर बोटको अभियान सुरु गरेका थिए। ग्रिन क्लीन धनगढीको अभियानलाई सहयोग पु¥याउन नगरको जनसङ्ख्या बराबर बोटको अभियान पनि सुरु गरिने नगर प्रमुख वडले बताए।

धनगढीलाई सफा राख्नका लागि धनगढी उप–महानगरपालिका र कैलाली उद्योग वाणिज्य सङ्घले हरेक १५ दिनमा धनगढी नगर सरसफाइ अभियान सुरु गरेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार