Monday, September 30, 2024

बाघको छालासहित दुई पक्राउ

काठमाडौँ–प्रहरीले माघको छालासहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीले काठमाडौँ महानगरपालिका–२ लाजिम्पाटबाट बाघको छाला १ थानसहित दुई जनालाई सोमबार दिउँसो पक्राउ गरेको हो।

पक्राउ पर्नेमा दार्चुला दुहु गाउँपालिका–१ घर भएका २९ वर्षीय नरेश बहादुर बम र सोही ठाउँका २८ वर्षीय गोविन्द सिंह महरा रहेको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बाघको छालासहित पक्राउ गरेको हो।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार