Monday, September 30, 2024

रेडपान्डाको छालासहित एक पक्राउ

डोल्पा–रेडपान्डाको छालासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रहरीले मुड्केचुला गाउँपालिका–३ बस्ने ३६ वर्षीय जगबहादुर थापालाई लोपोउन्मुख रेडपाण्डाको छाला १ थान सहित मंगलबार बिहान पक्राउ गरेको हो।

रेडपाण्डाको छाला लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कालिकाबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त छाला फेला पारी पक्राउ गरेको जनाएको छ।

यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।

ताजा समाचार

सम्बन्धित समाचार